Monday, April 19, 2021
Home > मुख्य समाचार > बालिका हत्याको विरोधमा महोत्तरीको बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीले गोली चलायो

बालिका हत्याको विरोधमा महोत्तरीको बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीले गोली चलायो

बारा ९ मंसिर

बालिका हत्याको विरोधमा महोत्तरीको बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।
आईतबार साँझदेखि हराएकी ६ बर्षिया बालिका गुलाब साह खातुनको सोमबार हत्या गरिएको अबस्थामा शब भेटिएको थियो । हत्यापछि बोरामा फ्याकिएको अवस्थामा बालिकाको शब फेला परेपछि स्थानीयले बलात्कारपछि हत्या भएको दाबी गर्दै प्रर्दशन गरेका हुन् । प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने घाइते भएका छन् । कम्मरमुनी गोली लागेका न्यौपानेको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीले राजमार्ग अबरुद्ध गरी आन्दोलनलाई उग्र बनाएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले जनाएको छ । बालिका हत्याको आशंकामा प्रहरीले महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुणकुमार साहलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *