Wednesday, January 27, 2021
Home > मुख्य समाचार > सटीसफारीबाट लडेर सिटिसफारी चालकको मृत्यु

सटीसफारीबाट लडेर सिटिसफारी चालकको मृत्यु

मोरङ ९ मंसिर
मोरङको कटहरी गाउँपालिकामा सिटीसफारीबाट लडेर सिटिसफारी चालकको मृत्यु भएको छ । विराटनगर–२ तीनपैनी, पूर्वटोल निवासी ३५ वर्षीय सुनिलकुमार मण्डलको सिटीसफारीबाट लडेर मृत्यु भएको हो । को २ ह ५४९२ नम्बरको सिटि सफारी लिएर कटहरी गाँउपालिका १ हुँदै उत्तरतर्फ जान लागेका मण्डल स्थानिय चौधरी चौकमा सिटि सफारिबाट ढलेका थिए । सिटि सफारीबाट ढलेका मण्डलको सोही ठाउँमा मृत्यू भएको कटहरी–१ का वडाध्यक्ष कपुरलाल माझीले जानकारी दिनुभयो । मृतक मण्डल केही समयअघि नै बैदेशिक रोजगारबाट फर्किएयता सिटीसफारी कुदाउँदै आएका थिए । बैदेशिक रोजगारकै क्रममा उनलाई मुटुको समस्या देखिएको मृतकका आफन्त रोशन मण्डलले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शवको मुचुल्का गरेको छ । मृतकका आफन्तले शवको सनाखत गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *