Monday, April 19, 2021
Home > राष्ट्रिय समाचार > उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आजदेखि सुरु

उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आजदेखि सुरु

काठमाण्डौ ११ मंसिर
उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आजदेखि सुरु हुँदैछ । साधारणसभाको उदघाटन विहान साढे ११ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । कोरोना संक्रमणको जोखिमका कारण उदघाटन मात्रै नभई बन्दसत्र समेत जुम एपबाट हुने महासंघले जनाएको छ । बन्द सत्र भोलि हुनेछ । बन्दसत्र सकिएपछि पर्सि नयाँ कार्यसमितिकालागि निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नुहुनेछ । बाँकी पदहरुमा भने चुनाव हुनेछ । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदकालागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *