Monday, March 08, 2021
Home > मुख्य समाचार > प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दलका नेताहरुद्वारा सरकारको तीव्र आलोचना

प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दलका नेताहरुद्वारा सरकारको तीव्र आलोचना

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठकमा प्रतिपक्षी दलका नेताहरुले सरकारका गलत कामको परिणामस्वरुप सडकमा असन्तुष्टि देखिएको बताएका छन् ।बैठकमा सहभागी भएका नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकारले गरेका गलत कामहरुको असन्तुष्टि सडकमा देखिएको बताएका हुन् । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारले गरेका गलत कामको परिणामस्वरुप सडका असन्तुष्टि देखिएको कुरा कांग्रेसले राखेको बताउनुभएको हो । प्रणाली र लोकतन्त्रको खराबी नभई सरकार सञ्चालन गर्नेहरुको खराबीले सडकमा असन्तुष्टि देखिएको पनि नेताहरुले बताएका छन् । उहाँले कांग्रेसले सरकार सच्चिएर लोकतान्त्रिक पद्धतिको मर्म अनुसार काम गरेमा कुनैपनि विरोध प्रदर्शन नहुने कुरा राखेको बताउनुभयो ।तत्काल संसद बैठक बोलाउन माग गरिएको पनि नेता महतले बताउनुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुले पनि आफ्नो कुरा स्पष्टसँग राखेको तर कुनैपनि नेताहरुबाट प्रतिक्रिया नआएको बताएका छन् । राप्रपा नेता दीपक बोहराले सर्वदलीय बैठक राखेर राजा सहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने विषयमा छलफल गर्न प्रस्ताव गरिएको बताउनुभयो । नेता बोहराले राजतन्त्रको पक्षमा भएको आन्दोलनमा आफूहरुको नैतिक समर्थन रहेको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *