Monday, January 18, 2021
Home > मुख्य समाचार > स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानविन गरी कारबाही गर्न सार्वनिक लेखा समिति निर्देशन

स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानविन गरी कारबाही गर्न सार्वनिक लेखा समिति निर्देशन

काठमाण्डौ ३ पौष

प्रतिनिधिसभाको सार्वनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत aनभएको भन्दै छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले को कसले अनियमितता गर्नुभएको छ छानविन गरी कारबाही गर्न पत्र पठाउने निर्णय भएको बताउनुभयो । समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *