विराटनगर । समस्याग्रस्त घोषित अम्बे कोशी सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया सुरु भएको छ। पहिलो चरणमा २० हजार रुपैयाँसम्म बचत गरेका २८७ जनालाई करिब १ करोड ३८ लाख रुपैयाँ वितरण गरिनेछ।
सहकारीका सञ्चालकद्वारा रकम हिनामिना भएपछि कोशी प्रदेश सरकारले सहकारीलाई गत पुसमा समस्याग्रस्त घोषणा गरेको थियो। हाल असुली भएको रकमबाट चरणबद्ध रूपमा सबै बचतकर्तालाई रकम फिर्ता गर्ने तयारी भइरहेको जनाइएको छ।


