काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा धेरै मन्त्रीहरूको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उल्लेख्य लगानी देखिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विभिन्न कम्पनीमा करोडौँ रुपैयाँ बराबरको शेयर राखेका छन्। त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ सँग पनि विभिन्न कम्पनीमा उल्लेख्य शेयर लगानी रहेको देखिएको छ।
गृहमन्त्री सुदन गुरुङ र उद्योगमन्त्री गौरी कुमारी यादव सँग पनि करोडौँ मूल्यको शेयर रहेको विवरणमा उल्लेख छ। अन्य केही मन्त्रीहरूको भने सानो मात्रामा लगानी रहेको छ।
यता प्रधानमन्त्री बालेन्द्र शाह सहित केही मन्त्रीहरूले भने शेयर बजारमा कुनै लगानी नगरेको बताएका छन्।
समग्रमा, सरकारका मन्त्रीहरूबीच शेयर बजारमा लगानी गर्ने प्रवृत्ति उल्लेख्य देखिएको छ।


