Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सगरमाथाबाट मात्रै १ अर्बभन्दा बढी रोयल्टी संकलन, कुल आरोहण शुल्क १ अर्ब १७ करोड पुग्यो

सगरमाथाबाट मात्रै १ अर्बभन्दा बढी रोयल्टी संकलन, कुल आरोहण शुल्क १ अर्ब १७ करोड पुग्यो

सरकारले चालु आरोहण सिजनमा सगरमाथाबाट मात्रै १ अर्ब १ करोडभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन विभागका अनुसार ४७ समूहका ४६४ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका छन्।

यस सिजनमा २९ हिमालमा कुल १ हजार ७२ आरोहीले अनुमति पाएका छन्, जसबाट सरकारले करिब १ अर्ब १७ करोड रुपैयाँ रोयल्टी उठाएको छ। शुल्क वृद्धि भएपछि यस वर्ष राजस्व बढेको हो।

ल्होत्सेमा १ सय ११ र अमादब्लममा १ सय ४ आरोहीले अनुमति लिएका छन्। कुल ७९ देशका आरोही नेपाल आएका छन्, जसमा चीन, अमेरिका, बेलायत र रुस प्रमुख छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *