काठमाडौं — बुधबार सेयर बजारमा नेप्से परिसूचक १.६४ अंक (०.०६%) ले घटेर २७११.२२ मा बन्द भयो। अघिल्लो दिनको वृद्धिपछि बजार फेरि ओरालो लागेको हो।
कुल १०४ कम्पनीको सेयर मूल्य बढ्दा १४९ को घट्यो र १५ स्थिर रहे। दिनभर ७१ लाख ३१ हजार कित्ता सेयर ४७ हजारभन्दा बढी कारोबारमा किनबेच भए भने कुल कारोबार रकम ३ अर्ब १९ करोड रुपैयाँमा सीमित भयो, जुन अघिल्लो दिनभन्दा कम हो।
१३ उपसमूहमध्ये केही मात्र बढे पनि विकास बैंक, जलविद्युत, जीवन बिमा, उत्पादन तथा व्यापार समूहको गिरावटले समग्र बजारलाई दबाब दियो।


