भदौ २०८२ को जेन–जी आन्दोलन र त्यसपछिको निर्वाचनले राजनीतिक मात्र होइन, सञ्चार क्षेत्रमा पनि परिवर्तनको सन्देश दिएको छ। मतदाताले पुरानो राजनीतिक शैलीप्रति असन्तुष्टि जनाउँदै जवाफदेहिता र सुधारको माग गरेका छन्।
निर्वाचन परिणामले दलगत प्रतिस्पर्धाभन्दा जनताको जीवन र समस्यालाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखाएको छ। यसले नेपाली पत्रकारितालाई पनि आत्मसमीक्षा गर्दै सत्ता र दलकेन्द्रित समाचारभन्दा नागरिकका वास्तविक मुद्दामा केन्द्रित हुन दबाब दिएको छ।


