Home > मुख्य समाचार (Page 2)

राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आज दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह वितरण गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । दलीय आधारमा उम्मेदवारी दर्ता भएकाले उनीहरुलाई सम्बन्धित दलको निर्वाचन चिन्ह उपलब्ध गराएको आयोगले जनाएको छ ।  आयोगले

Read More

श्री स्वस्थानी ब्रत आजदेखि सुरु

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने श्री स्वस्थानी ब्रत आजदेखि सुरु भएको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ एकमहिना सम्म बसिने यो ब्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार ब्रत बसेर

Read More

टिपरको ठक्करबाट एक युवकको मृत्यु, हत्या भएको आफन्तको आशंका

धनुषाको मिथिला नगरपालिकामा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु भएका युवकको परिवारले क्रसर उद्योगीले हत्या गरेको आरोप लगाएका छन् । गाउँमा पटक–पटक खोला उत्खनन बन्द गर्नुपर्ने चर्काे आवाज उठाएका दिलिपकुमार महतो क्रसर उद्योगीको निशानामा परेका थिए । उनको खोला किनारमा मर्निङवाक गएका बेला आज विहान टिपरको ठक्करले मृत्यु

Read More

सूचना प्रविधि विधेयक सम्बन्धमा विज्ञहरुको चिन्ता

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा नागरिक स्वतन्त्रता कुण्ठित गर्ने मात्र नभई सरकारको आलोचना गर्ने सबैलाई जन्मकैदसम्मको कारबाही गर्ने व्यवस्था रहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । आज काठमाडौंमा आयोजित ‘अभिव्यक्ति स्वतन्त्रता संरक्षणका चुनौतीहरु’ सम्बन्धमा भएको कार्यक्रममा विज्ञहरुले सरकारले ननगरिक स्वतन्त्रता हनन गर्ने मात्र नभई अभिव्यक्ति स्वतन्त्रतामाथि समेत नियन्त्रण

Read More

नेपालबाट खण्डग्रास चन्द्रग्रहण आज देखिने

नेपालबाट खण्डग्रास चन्द्रग्रहण आज देखिने छ । ग्रहण राती १० बजेर ५२ मिनेटदेखि सुरु भएर ३ बजे सम्म चार घण्टा ८ मिनेट सम्म रहनेछ । बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिकिा कार्यकारी निर्देशक सनतकुमार शर्माले चन्द्रग्रहण पातलो छाया र खण्डग्रास मात्र देखिने बताउनुभयो । सन् २०२०

Read More

भारत जोगबनी नजिकैको मिरगंज पुल बन्द, मालबहाक ढुवानी साधनको आवतजावत ठप्प

भारतले विराटनगरको सिमाबर्ती जोगबनी बजार नजिकै रहेको बथनाहास्थित मीरगञ्ज पुल मर्मतका लागि भन्दै बन्द गरेको छ । भारतबाट आउने मालबहाक ढुवानी साधनको आवतजावत बिहानैबाट बन्द गरेको हो । आवागमन बन्द गरिएपछि विराटनगर भन्सार नाकाबाट हुने आयात–निर्यात पूर्ण रुपमा ठप्प भएको छ । मीरगञ्ज पुलबाट भारत तथा तेस्रो मुलुकबाट नेपालतर्फ औद्योगिक कच्चा

Read More

टेलिकमले जडान गरेका टावरहरुमा बिद्युत सेवा नपुग्दा स्थानीय संचार सेवाबाट बञ्चित

पूर्वी पहाडी जिल्ला भोजपुरको दक्षिणमा रहेको गाउँपालिकाहरुमा सञ्चारको पहुँच त पुगेको छ तर टेलिकमले जडान गरेका टावरहरुमा बिद्युत सेवा नपुग्दा स्थानीय संचार सेवाबाट बञ्चित हुँदै आएका छन् । जिल्लाको दक्षिणमा रहेका हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाका स्थानियहरुको मोवाइल फोन बिहानी पख र साँझ परेपछि स्वीच अफ हुने गरेको छ ।

Read More

आलोचनाबाट जोगिन सरकारले सूचना प्रविधि विधेयक ल्याएको नेता थापाको आरोप

नेपाली कांग्रेसका युवा नेता गगन थापाले काम गरेर जनताकोे मन जित्न नसकेपछि आलोचनाबाट जोगिन सूचना प्रविधि विधेयक ल्याएको आरोप लगाउनुभएको छ । नेपाल विद्यार्थी संघले नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने विधेयकहरु विरुद्ध आज काठमाडौको माईतीघर मण्डलामा गरेको सभालाई सम्बोधन गर्दै उहाँले कमजोर सरकारले कानून बनाएरै जनताको मुख थुन्ने प्रयास गरेको दाबी गर्नुभयो

Read More

सेकुरीटी प्रिन्टिङ खरिद प्रक्रियाका सम्बन्धमा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सेकुरीटी प्रिन्टिङ खरिद प्रक्रियाका सम्बन्धमा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । पुस २१ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संसदीय समितिलाई सरकारले आवश्यक सबै कागजपत्र उपलब्ध गराउने बताउनुभएको हो । संसदीय समितिले कुरा उठाईसकेपछि सरकारले

Read More

सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गर्नुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा राजनैतिक र संबैधानिक प्रश्न उठ्नुको साथै विधायीकाको मानहानी भएकाले तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन माग गर्नुभयो

Read More