Home > विराटनगर समाचार (Page 7)

कोशी अञ्चल अस्पताललाई विराटनगर महानगरपालिकाले दियो ३ लाख ५० हजार बराबरको ए.सी.

विराटनगर, १८ मंसिर । विराटनगर महानगरपालिकाले कोशी अञ्चल अस्पताललाई ३ लाख ५० हजार मूल्य बराबरको ए.सी. सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले आज कोशी अञ्चल अस्पतालका मेसु डाक्टर रोशन पोखरेललाई अस्पताललाई चाहिने ५ वटा ए.सी हस्तान्तरण गर्नुभएको हो । मेसु पोखरेलले बच्चा वार्ड र लेबर रुममा ए.सी नभएकाले सुत्केरी

Read More

विराटनगरमा पनि कर दिवस मनाइयो

विराटनगर, १ मंसिर । सातौं कर दिवशका अवसरमा आज आन्तरिक राजस्व कार्यालय विराटनगरको आयोजनामा प्रभातफेरीको आयोजना गरिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट निस्केको प्रभातफेरीले बुधहाट चौक, गोल्छा चौक, सिडियो कार्यालय हुँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रभातफेरीमा सहभागीहरुले कर तिरौं राष्ट्र निर्माणमा सहभागी बनौं, राजस्वमा वृद्धि संघीय राज्यको

Read More

‘सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य’

विराटनगर, ३० कार्तिक । समाजलाई सकारात्मक दिशामा डोहोर्याउन सूचना सम्प्रेषणको भूमिका निर्वाह गर्ने पत्रकार जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । विराटनगरमा आज आयोजित सुरक्षित पत्रकारिताका लागि दण्डहिनता अन्त्य विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले मर्यादित पत्रकारितामा जोड दिएका हुन । नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला

Read More

१ नम्बर प्रदेश सरकारको आयोजनामा छठ पर्व विशेष सांस्कृतिक कार्यक्रम

विराटनगर, २८ कार्तिक । प्रदेश नम्बर एक सरकारले आज छठ पर्वको अबसरमा विराटनगरमा शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । आदर्श माध्यमिक विद्यालयको प्राङगणमा सजिसजाउ गरेर आयोजना गरीएको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकार, स्थानीय कलाकारको प्रस्तुतीसंगै विभिन्न जाति समुदायले झाकी तथा नृत्यहरु प्रस्तुत गरेका थिए । प्रदेश नम्बर १

Read More

भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने

विराटनगर, २८ कार्तिक । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । पूर्वअर्थमन्त्रीसमेत रहेका अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलन, सामाजिक र आर्थिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै नागरिक अभिनन्दन गर्न लागिएको हो । भरतमोहन अधिकारी नागरिक अभिनन्दन समारोह समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर अभिनन्दनको तयारी तीव्र रुपमा भइरहेको

Read More

विराटनगर महानगरपालिकाका मेयर छठ यसरी मनाउँदै

विराटनगर, २७ कार्तिक । विराटनगर महानगरपालिकाका भीम पराजुलीले छठ पर्वको अवसरमा दण्ड प्रणाम गर्दै कठोर उपासना गर्नुभएको छ । प्रमुख पराजुली छठ माताको उपासनागर्न दण्ड प्रणाम गर्दै स्थानिय सिंघिया खोलासम्म पुग्नुभएको छ । उहांले विराटनगर–१ स्थित श्रीराधाकृष्ण शिव पाञ्चायन मन्दिर प्राङ्गणबाट आज बिहान ११ बजेर ५५ मिनेटमा दण्डप्रणाम शुरु गर्नुभयो ।

Read More