April 25, 2017, Tuesday       बैशाख १२, २०७४, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौ, माघ २९ : प्रभु बैंकले ग्राण्ड बैंकसँग मर्जरसँगै एकीकृत कारोबार सुरु गरेको छ । प्रभु बैंकले शुक्रबार एकीकृत कारोबार सुरु गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले एकीकृत कारोबारको शुभारम्भ गर्नुभयो । प्रभुले ९ वर्ष पहिले ५ करोड रुपैयाँ चुक्ता पूँजीसहित घ वर्गको फाइनान्सबाट कारोबार सुरु गरेको थियो । तर यसबीचमा प्रभुको चुक्तापूँजी ५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । चुक्ता पूँजी वृद्धिका लागि प्रभुले ६ वटा वित्तिय संस्थालाई गाभेको छ । प्रभुले गाभेका ६ वटा वित्तिय संस्थामध्ये  किष्ट र ग्राण्ड बैंक क वर्गका संस्था हुन् । पछिल्लो पटक ग्राण्ड बैंकलाई गाभेसँगै प्रभुको शाखा संख्या १ सय ३६ तथा ग्राहक संख्या ७ लाख ५० हजार पुगेको छ ।  प्रभु बैंकका अध्यक्ष देवी प्रकाश भट्टचनले पुस मसान्तसम्म बैंकले ५५ करोड रुपैयाँ नाफा आर्जन गरिसकेको भन्दै चैत मसान्तसम्म नाफा १ अर्ब रुपैयाँ कटाउने बताउनुभयो । प्रभुले अघिल्लो आर्थिक वर्ष १ अर्ब १ करोड रुपैयाँ खुद् नाफा कमाएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकहरुले ठूला लगानीका आयोजनामा लगानी गर्न सक्ने क्षमता राखुन् भनेर पूँजी वृद्धिको निर्णय लिएको भन्दै पूँजी वृद्धिको निर्णयबाट विदेशी लगानीकर्तालाई समेत नेपालमा लगानीका लागि आकर्षित गर्न सकिने बताउनुभयो । गभर्नर डा. नेपालल निक्षेपकर्ताको रकम गलत रुपमा प्रयोग गरी मुनाफा आर्जन गर्न खोज्ने बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकले निगरानी गरिरहेको भन्दै बैंक तथा वित्तिय संस्थाप्रति निक्षेपकर्ताको विश्वास गुम्न नदिन स्वयं संचालकहरु पनि गम्भिर हुनुपर्ने बताउनुभयो ।
 

Add comment


Security code
Refresh