March 28, 2017, Tuesday       चैत्र १५, २०७३, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

मोरङ, पुस ११ : मोरङ सुनसरीका इटा व्यवसायीहरुले एकलौटी ढगबाट इँटाको मूल्य वृद्धि गरेको विरोधमा विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । प्रतिगोटा इटा १४ रुपैयाँ कायम गर्नुपर्ने माग राख्दै विद्यार्थीहरु केही दिनदेखि आन्दोनमा रहेका कारण इटाँको बिक्री वितरण अहिले ठप्प छ । एक बर्षमै तीन पटकसम्म इटाको मूल्यवृुद्धि गरेको विरोधमा नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल तरुण दल र नेविसंघ शसक्त आन्दोलनमा उत्रिएका छन् । उपभोक्ताको ढाड सेक्ने गरी इटाको मूल्यवृद्धि गरेको भन्दै विद्यार्थीहरुले बिक्रीका लागी विराटनगरतर्फ ल्याउदै गरेको १ लाख भन्दा बढी इटा नियन्त्रणम लिएको नेपाल विद्यार्थी संघले जनाएको छ । सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने गरि प्रति गोटा इटा १६ रुपैयाबाट बढाएर यही मंसीर अन्तिम सातादेखि १८ रुपैया ५० पैसा पुर्याएपछि तरुण दल र विद्यार्थी संघ आन्दोलित भएको हो ।  व्यवसायीहरुले आफखुशी मूल्यवृ्िद्ध गरिरहदा समेत विगतका बर्षमा स्थानीय प्रशासन रमिते मात्र बन्दै आएको थियो ।

Add comment


Security code
Refresh