June 23, 2017, Friday       आषाढ ९, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, माघ १८ : इस्लामिक बिद्रोही समूह आईएसले आङ्खनो कब्जामा रहेका अर्का जापानी नागरिक केजी गोतोको शिर छेद्न गरेको भिडियो सार्वजनिक गरेको छ । गत साता आफ्नो कब्जामा रहेका जापानी नागरिक हारुना युकावाको शिर छेद्न गरी हत्या गरेको केही दिनमा गोतोको हत्या गरेको खुलासा भएको छ । पेशाले पत्रकार समेत रहेका गोतोको रिहाइका लागि जापान सरकारले गरेको प्रयासलाई चुनौती दिंदै आईएसले उनको हत्या गरेका छन् । यसअघि इस्लामिक लडाकु समूह आईएसले फिरौती रकम नदिए आङ्खनो कब्जामा रहेका दुई जापानी नागरिकलाई मार्ने धम्की दिएको थियो । मुकुण्डो लगाएका आईएस लडाकुले भिडियो मार्फत ७२ घण्टाभित्र २० करोड अमेरिकी डलर नदिए कब्जामा रहेका दुइ जापानीको हत्या गर्ने धम्की दिएको थियो  । मुकुण्डोधारी लडाकुले आईएस लडाकु विरुद्ध उत्रिएका मुलुकलाई सहयोग गरेको भन्दै जापानको आलोचना समेत गरेको छ । जापान सरकारले भने भिडियोको आधिकारिकता पुष्टि गरिरहेको भन्दै भिडियो सत्य भए त्यो माफी लायक नहुने जनाएको थियो । पछिल्लो समय आङ्खनो कब्जा रहेको बन्दीहरुलाई आईएस मुख्य प्रोपोगाण्डाको साधन बनाउन थालेको छ । इस्लामीक राज्यको माग गर्दै सशस्त्र संघर्ष गरिरहेको आइएसले पूर्वी सिरिया, उत्तर र दक्षिण इराकको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएको छ । यता जापानी प्रधानमन्त्री शिन्जो आबेले भने रिहाइको पहल हुँदाहुँदै आईएसले गरेको कार्य घृणित र अमानवीय भएको बताउनुभएको छ ।