December 15, 2017, Friday       मंसिर २९, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

भारत, १६ मंसिर । भारतको तमिलनाडु राज्यको चेन्नई सहरमा केही दिनदेखि जारी भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ सय ८८ जना पुगेको छ । बाढीमा परी सयौं विस्थापित भएका छन् । भीषण वर्षाका कारण चेन्नईको जनजीवन अस्तव्यस्त भएको छ । बाढीमा परेकाहरुको उद्धारका लागि सरकारले सेना, नौसेना र राष्ट्रिय विपद् बल परिचालन गरेको छ । चेन्नईको विमानस्थल डुवानमा परेपछि हिजो साँझदेखि बन्द गरिएको छ । वर्षाका कारण रेल र बस सेवासमेत प्रभावित भएका छन् । शिक्षा विभागले शहरका विद्यालय तथा क्याम्पससमेत बन्दको घोषणा गरेको छ । भारतीय सञ्चारमाध्यमहरुले भीषणा वर्षाका कारण चेन्नईमा विद्युत् सेवासमेत बन्द भएको जनाएका छन् । मौसम विभागले आगामी ४८ घण्टासम्म पानी पर्ने अनुमान गरेको छ । ।