August 20, 2017, Sunday       भाद्र ४, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

नयाँदिल्ली, १७ भदौ । भारतको माथिल्लो संसद राज्यसभामा बिहीबार नेपालबारेको छलफलमा विवाद भएपछि बैठक स्थगित भएको छ । बैठकमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा ‘सर्वदलीय डेलिगेसन’ टोली पठाउने प्रस्ताव गर्नु भएको छ । यसका लागि राज्यसभामा रहेका सबै दलको प्रतिनिधित्व रहेको टोली नेपाल पठाउने   स्वराजले प्रस्ताव गर्नु भएको छ । उहाँले भारतको नेपालसम्बन्धी नीतिबारे दलहरुको साझा धारणा हुनुपर्ने बताउँदै सरकारको नेपाल नीतिको बचाउ समेत गर्नुभयो । विदेशमन्त्री स्वराजले नेपालबारे लिखित वक्तव्य पढेपछि उपसभामुखले उहाँलाई लिखित दस्तावेज आइसकेकाले सबै पढ्नु नपर्ने भन्दै रोकेपछि स्वराजले प्रतिवाद गर्नु भएको थियो । यसपछि जनता दल युनाइटेडका सांसद पवनकुमारले नेपालमा जारी संकट र नेपालमा संविधान जारी भएपछि विदेशमन्त्रीले दिएको अभिव्यक्तिबारे प्रश्न उठाउनु भएको थियो । तर, पवनकुमारले पनि आफ्नो भनाइ तीन मिनेटमा पूरा गर्न नसकेपछि सभाध्यक्षले रोकेका थिए । संसदमा नेपालबारे एक घन्टाको समयमा तीनर–तीन मिनेट बोल्न दिइएपनि तोकिएको समयमा बहस गर्न नसकिने भन्दै विवाद बढेको थियो । विदेशमन्त्री स्वराजले अर्को बैठकमा जवाफ दिन सक्ने बताउनु भएको छ । बैठकमा अधिकांश सांसदले नेपालको विषय गम्भीर भन्दै लामो छलफल आवश्यक भएको बताएका थिए ।