July 21, 2017, Friday       श्रावण ६, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

नयाँदिल्ली, २१ मंसिर । भारतको माथिल्लो सदन राज्यसभामा नेपालबारे चर्को बहस भएको छ । राज्यसभामा भएको नेपाल बहसमा बोल्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतको नाकाबन्दीका कारण नभई नेपाल भारतको सीमामा धर्ना बसेकाहरुको अवरोधका कारण समस्या सिर्जना भएको दाबी गर्नुभयो । नेपाल बहसमा कांग्रेस, समाजवादी दल, जनता दल लगायतका सांसद्ले उठाएका प्रश्नहरुको जवाफ दिँदै स्वराजले आफूहरुले मधेसीले न्याय पाउन् र नेपाली जनताले दुख नपाउन् भन्ने चाहेको बताउनु भयो । उहाँले अन्तरिम संविधानले दिएको अधिकारलाई पनि कटौती गरिएकाले मधेसमा आन्दोलन भएको र नाकाबन्दी भारतले नगरेको कुरा दाहो¥याउनुभयो । बहसमा भाग लिंदै विपक्षी कांग्रेस आईका वरिष्ठ नेता डा. करण सिंहले नेपालको संविधान बनिसकेपछि जारी हुने अघिल्लो दिन दूत पठाएर रोक्नु खोजिनु गल्ती र गैरकुटनीतिक कदम भएको बताउनुभयो । यस्तै जनता दलका अध्यक्ष शरद यादवले नेपालमा अहिले नेपाल सरकार र मधेसीको मतभेद आन्तरिक मामला भए पनि दुई पक्षबीच वार्ता गरी समाधान निकाल्ने प्रयासमा भारतले सहयोग गर्नुपर्ने बताउनुभयो । यस्तै नेस्नलिस्ट कांग्रेसका सांसद डीपी त्रिपाठीले भारतले नेपालसँगको राम्रो सम्बन्धका लागि एक नीतिको पालना गर्नुपर्ने बताउनुभयो ।  उहाँले नेपालमा मानवीय संकट गहिरिँदै गएकोमा चिन्ता समेत व्यक्त गर्नुभयो ।  उत्तर प्रदेशका समाजवादी पार्टीबाट सांसद रविप्रकाश शर्माले नेपालमा भारत विरोधी अभियान चलाउन कतै अन्य मुलुकले त भूमिका खेलिरहेको छैन भनेर आशंका व्यक्त गर्दै त्यसप्रति भारत सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।  सत्तारुढ भारतीय जनता पार्टीका बिहारबाट प्रतिनिधित्व गर्ने सांसद डा. सीपी ठाकुरले संविधानसभामा मधेसीको संख्या कम भएका कारण नेपालको संविधान उनीहरुको पक्षमा हुन नसकेको भन्दै अहिले उनीहरु आन्दोलनमा रहेको बताउनुभयो । उत्तरप्रदेशबाट बीएसपीका सांसद सलिम अन्सारीले भारत स्वतन्त्र भएको ६५ वर्षमा पहिलोपटक नेपालसँगको मित्रता संकटमा परेको भन्दै त्यसलाई छिटो भन्दा छिटो सहज अवस्थामा ल्याउनुपर्नेमा जोड दिनुभयो । तमिलनाडुका बीजेडी सांसद भूमिंदर सिंहले नेपाल सार्वभौम मुलुक भएकाले नेपालसँगको सम्बन्ध राम्रो राख्नुपर्नेमा जोड दिनुभयो ।