July 21, 2017, Friday       श्रावण ६, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, १० माघ । अमेरिकामा दुई दिनदेखि सुरु भएको हिमपात र आँधीहुरीका कारण हालसम्म १९ जनाको मृत्यु भएको छ । विश्वलाई जितेको शक्ति राष्ट्र अमेरिका यतिबेला प्रकृतिसामू निरीह भएको छ । चौबिसै घण्टा व्यस्त रहने अमेरिका यतिबेला सुनसान छ र बजारमा चहलपहल ठप्प प्राय छ । कहिल्यै नसुत्ने सहर भनिने न्यूयोर्क दिउँसैदेखि सुत्न बाध्य भयो ।  १० वटा राज्यहरु आपतकालको सामना गरिरहेका छन् । अमेरिकामा यतिबेला अत्यधिक हिमपात भएको छ र नर्थ क्यारोलिनादेखि न्युयोर्कसम्म झण्डै साढे ८ करोड मानिसहरु प्रभावित भएका छन् । सर्वसाधारणहरुलाई घरबाहिर ननिस्किन सार्वजनिक अपिल गरिएको छ । मेरिल्यान्ड, भर्जिनिया, डेलावर, नर्थ क्यारोलिना, जर्जिया, पेन्सलभेनिया, न्युजर्सी, वेष्ट भर्जिनिया, टेनेसी र केन्टुकी राज्यमा आपतकालीन स्थिति लागू गरिएको छ । झण्डै २८ इन्चसम्म बाक्लो हिमपात भएका कारण १० राज्यमा आपतकालीन स्थिति घोषणा गरिएको हो ।  हिमपातसँगै जोडले चलेको हावाहुरी र विद्युत आपूर्तिमा अवरोधले जनजीवन अस्तव्यस्त बनेको छ । विशेषतः वासिङटन डिसी, बाल्टिमोर, फिलाडेल्फ्रिया र न्युयोर्कमा भारी हिमपातका अतिरिक्त प्रतिघण्टा ५० माइलको गतिले हावा चलिरहेको छ । हिमपातले सबैभन्दा प्रभावित नर्थ क्यारोलिना राज्यमा झण्डै एक लाख ५० हजार जति घरमा विद्युत आपूर्ति बन्द भएको छ । प्रभावित क्षेत्रमा विश्वविद्यालय र विद्यालयहरु पनि बन्द छन् । हजारौं आन्तरिक एवम् बाह्य उडानहरु स्थगित भएका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार ६ हजार तीन सय उडानहरु रोकिएका थिए भने शनिबार रातिसम्म थप पाँच हजार उडानहरु स्थगित भएको बताइएको छ । राजधानी वासिङटन डिसीमा शुक्रबार दिउँसोदेखि आइतबारसम्मका लागि सार्वजनिक यातायात ‘मेट्रो सब वे’ बन्द गरिएको छ ।  विभिन्न राज्यहरुका गभर्नर एवम् सिटी मेयरहरुले सर्वसाधारणहरुलाई घरबाहिर ननिस्कन सार्वजनिक अपिल गरेका छन् । न्यूयोर्कमा बाटो, पुल, टनेलहरु सबै स्थानीय समयअनुसार २ः३० बजेदेखि नै बन्द गरिएको छ । शुक्रबार रातिसम्म सयौं सडक दुर्घटनाहरु भएको बताइएको छ । राष्ट्रपति बाराक ओबामाले बैज्ञानिकहरुलाई मेडल प्रदान गर्ने शुक्रबारको कार्यक्रम पनि प्रतिकूल मौसमका कारण स्थगित गरिएको छ । सञ्चार माध्यमहरुमा हिउँबाट परेको प्रभावका विषयमात्रै लाइभ रिपोर्टिङहरु भैरहेका छन् । सन् १९२२ को जनवरीमा डिसी क्षेत्रमा २८ ईन्चसम्म बाक्लो हिमपात भएको थियो । यसपटकको हिमपातले सन् २०१० मा भएको १८ इन्च बाक्लो हिमपातको रेकर्ड तोडेको छ ।