November 21, 2017, Tuesday       मंसिर ५, २०७४, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

नयाँदिल्ली (भारत), ८ फागुन । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री बीच शनिबार भएको भेटमा विभिन्न सात वटा सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालयमा भएको एक विशेष कार्यक्रममा दुई देशको भौतिक पूर्वाधार तथा व्यापार सहजीकरणका लागि महत्व पूर्ण सम्झौता भएको छ । सर्वप्रथम  दुवै देशका प्रधानमन्त्री सम्मुखमा नेपालका परराष्ट्र मन्त्रि कमल थापा र भारतीय विदेशमन्त्री शुष्मा स्वराज बीच भुकम्प पछिको पुननिर्माणका लागि २५ करोड अमेरिकी डलर सहयोग सम्झौता आदानप्रदान भयो । यसपछि मध्य तराईमा भएको हुलाकी सडकमार्गको निर्माण सम्पन्न गर्न र स्तरोन्नति गर्न नेपालका भौतिक निर्माण तथा यातायात सचिव र नेपालका लागि भारतीय रणजित रायले  सम्झौता आदानप्रदान भयो । यस्तै नेपाल संगीत नाट्य प्रतिष्ठानको निर्माणको लागि भारतीय संगीत नाटक एकेडेमीले सघाउने बारे भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्याय र संगीत नाटक एकेडेमी भारतका सचिव हेलेन आचार्यले सम्झौता आदानप्रदान भयो । नेपाल र भारतबीच निकाशी पैठारी तथा पारवहनका लागि महत्वपूर्ण मानिएको बंगला बन्ध र विशाखा पट्टनम बन्दरगाह प्रयोग गर्न दिने र रोहनपुर सिन्ह्बादलाई  ट्रान्जिट रुट दिने अर्को महत्वपूर्ण सम्झौता भएको छ । नेपालका बाणिज्य सचिव ङइन्द्रप्रसाद  उपाध्याय र नेपालका लागि भारतीय राजदूत रणजित रायले सम्झौता आदानप्रदान भयो । भारतको विशाखापट्टनम मदर भेसल (ठूला पानीजहाज) आउने बन्दरगाह हो भने रोहनपरु सिन्हबाद बंगलादेशसँग ब्यापारको लागि महत्वपूर्ण रेल्वे रुट हो । यस्तै शनिबारबाटै मुज्जपÞmरपुर ढल्केबर प्रसारण लाईनमा ८० मेघावाट बिद्युत थपिएको छ । दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा स्विच अन गरी भारत बाट नेपालमा ८० मेघावाट बिद्युत पठाएको जनाउ दिएका थिए । भारतबाट उपलब्ध हुने बिद्युत क्रमस बढाउँदै २०१७ को डिसेम्बरसम्ममा ६०० मेघावाट पु¥याउने पनि सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार नेपालको विद्युत प्राधिकरणले भारतको विद्युत व्यापार निगम लिमिटेडलाई प्रतियुनिट ५ रुपैयाँ ५० पैशा महशुल बुझाउने छ ।