July 21, 2017, Friday       श्रावण ६, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, १६ असार । अफगानिस्तानको राजधानी काबुल नजिक भएको आत्मघाती आतंककारी बम विष्फोटमा ३० जनाको मृत्यु भएको छ । अन्य ५० जना घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश प्रहरी अधिकृतहरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । काबुलबाट पश्चिममा रहेको पागमान सहरमा आयोजित एउटा समारोहबाट फर्किने क्रममा प्रहरी अधिकृतहरु चढेको गाडीमाथि दुई बम विष्फोट गराइएको थियो । पागमान डिस्ट्रिक्टका गभर्नर हाजी मोहम्मद मुसा खानले विस्फोटमा थुप्रै व्यक्तिहरु घाइते भएको बताएका छन् । बम विष्फोटको जिम्मेवारी तालिवानले लिएको छ । हालै मात्र काबुलमा नेपाली सुरक्षा गार्डहरु चढेको बसमा तालिबानी आतंककारीले आत्मघाती विष्फोट गराउँदा १३ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।