August 20, 2017, Sunday       भाद्र ४, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, पुस २४ –फ्रान्सको राजधानी पेरिसस्थित ‘चार्ली हेब्डो’ पत्रिकाको कार्यालयमा गरिएको आतङ्कवादी आक्रमणविरुद्ध हजारौं फ्रान्सेली जनता एकजुट भएर सडकमा ओर्लिएका छन् । उनीहरुले आतंकवादी आक्रमणको डटेर सामाना गर्ने प्रतिवद्धता जनाउँदै मौन जुलुस निकालेका छन् । हिजो भएको आक्रमणको विश्वभरबाट निन्दा गरिएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामा, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, रुसी राष्ट्रपति भ्लादीमीर पुटिन, जर्मन चान्सलर एञ्जेला मर्केललगायत विश्व नेताहरुले घटनाको भत्र्सना गर्दै कायरतापूर्ण आतंकवादी आक्रमण विरुद्ध जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको जनाएका छन् । आक्रमणमा संलग्न भएको आशंकामा केही व्यक्तिलाई निगरानीमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । हिजो अज्ञात बन्दुकधारीले आक्रमण गर्दा पत्रिकाका प्रधान सम्पादक स्टेफेन चारबोनिएरसहित १२ जना मारिएका थिए । मारिनेमा पत्रिकाका चार जना कार्टुननिष्ट र दुई प्रहरी अधिकृत पनि रहेका छन् । ४७ वर्षिय चारबोनिएरमाथि ज्यान मार्ने धम्की आएपछि उनी प्रहरीको सुरक्षामा रहदै आएका थिए । आक्रमणमा घाईते भएका सात मध्ये चार जनाको अवस्था गम्भीर छ । पत्रिकाको सम्पादकीय बैठक चलिरहेका बेला आक्रमण भएको जनाईएको छ । ब्यङ्यात्मक सामग्री प्रकाशन गर्ने पत्रिका ‘चार्ली हेब्डो’मा कम्तिमा दुई जना नकाबधारी बन्दुृधकारीले आक्रमण गरेको बताइएको छ । आक्रमणपछि प्रहरीलाई गोली हान्दै कारमा भागेका आक्रमणकारीहरुको प्रहरीले खोजी गरिरहेको छ । आक्रमण लगत्तै फ्रेन्च सञ्चार माध्यमलाई चनाखो रहन सचेत गराइएको छ ।