December 17, 2017, Sunday       पुष २, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, ३ असोज । संविधानसभाबाट नयाँ संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ । ७ दशकभन्दा लामो प्रतीक्षापछि संविधानसभामार्फत लेखिएको संविधान गत वर्ष असोज ३ गते अर्थात् आजकै दिन जारी भएको थियो । यसैबीच सरकारले संविधान दिवसको अवसरमा राजधानीस्थित टुंडिखेलमा विशेष कार्यक्रम गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको मूल समारोह समितिले आज सैनिक मञ्चमा गरेको कार्यक्रममा परेवा उडाएर संविधान दिवस मनाइएको हो । सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सांसद्, संवैधानिक निकायका पदाधिकारी, सरकारी कर्मचारी, खेलाडी, सर्वसाधारण लगायतको उपस्थिति रहेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशिला कार्की र प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एक एक जोडा परेवा उडाउनुभयो । कार्यक्रममा नेपाली सेनाले हेलिकोप्टरबाट संविधान दिवस लेखिएको झण्डा प्रदर्शन र पुष्पवृष्टि ग¥यो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीहरुले कवाज र अन्य खेल कौशल प्रदर्शन गरे । संविधान दिवसको मुख्य कार्यक्रममा विभिन्न जातजातिको नाच समेत देखाइयो । संविधान दिवसका अवसरमा आज सार्वजनिक विदा दिइएको छ ।
 

Add comment


Security code
Refresh