August 20, 2017, Sunday       भाद्र ४, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, ४ असोज । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण पूर्णरुपमा सफल भएको निष्कर्ष निकालेको छ ।  माओवादी केन्द्रको हेडक्वार्टरको आज बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालको निजी निवासमा बसेको बैठकले अघिल्लो सरकारका पालामा चिसिएको सम्बन्धमा सुधार ल्याउने, उर्जा व्यापार सम्झौता अनुसार भुटान र बंगलादेशमा विद्युत निर्यात गर्ने लगायतका विषयका आधारमा भ्रमण सफल भएको निष्कर्ष निकालेको हो । बैठकले संशोधन गरेर संविधान कार्यान्वयन गर्ने सरकारको योजनाको भारतले स्वागत गरेको भन्दै त्यसलाई उपलब्धीका रुपमा व्याख्या गरेको छ । प्रधानमन्त्री दाहालले आफ्नो चार दिने भ्रमणका बारेमा हिजोको बैठकमा जानकारी गराएकामा त्यसैमा आधारित भएर आजको बैठकमा हेडक्वार्टर सदस्यहरुले आ आफ्ना भनाइ राखेका थिए । भनाइ राख्ने सबै सदस्यहरुले भ्रमण उपलब्धीपूर्ण भएको धारणा राखेको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रको हेडक्वार्टरको बैठक भोलिका लागि पनि बोलाइएको छ ।

Add comment


Security code
Refresh