August 20, 2017, Sunday       भाद्र ४, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, ४ असोज । निजी तथा आवासीय विद्यालयहरुका संगठन प्याब्सन र एन प्याब्सनले सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था नगरे विद्यालय नै बन्द गर्ने चेतावनी दिएका छन् । एकाविहानै भएको बम आतंकपछि प्याब्सन र एन प्याब्सनले आज संयुक्त बैठक गरेर विद्यालयहरुको सुरक्षालाई राज्यले बेवास्ता गरेका कारण बम विष्फोटका घटना भएको निष्कर्ष निकाली सुरक्षाको भरपर्दो प्रबन्ध नगरे विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् । विभिन्न राजनीतिक दल सम्बन्ध भातृ संस्थाहरुले चन्दाका लागि आफूहरुसामु अनेक माग राखेर धम्की दिने गरेको विषयमा शिक्षा मन्त्रालयलाई पटक–पटक जानकारी गराएपनि मन्त्रालयले आफ्ना कुरा बेवास्ता गरेको र त्यसकै परिणाम बम आतंक सिर्जना भएको प्याब्सन र एन प्याब्सनको निष्कर्ष छ । उच्च माध्यमिक विद्यालय संघ (हिसान) का पदाधिकारी समेत सहभागी बैठकले सुरक्षाको प्रत्याभति दिलाउन र बम आतंक गराउनेलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । बैठकले बम आतंकको भत्र्सना गर्दै आतंकमा संलग्नलाई कुनै पनि वहानामा उन्मुक्ति नदिन र विद्यार्थीहरुले भयरहित वातावरणमा पढ्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

Add comment


Security code
Refresh