June 23, 2017, Friday       आषाढ ९, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, ४ असोज । करिब एक दर्जन विद्यालय अगाडि बम राखेर काठमाडौ उपत्यकाको जनजीवन आतंकित पारिएको छ । दशैं नजिकिएसँगै चन्दाका लागि निजी विद्यालयका संचालकहरुलाई विद्यालय अगाडि बम राखेर धम्की दिंदा त्यसबाट सिंगो उपत्यकाबासी आतंकित बनेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालका कार्यकर्ताले आज बिहान काठमाडौका ९ वटा र ललितपुरको १  वटा स्कुल अगाडि बम र शंकास्पद वस्तु राखेका हुन् । काठमाडौको दक्षिणढोकास्थित आकाशदीप स्कुल र मनकामना स्कुलमा भने एकाविहानै बम विष्फोट नै गराइएको छ । वम विष्फोटबाट आकाशदीप स्कुलको गेटमा क्षति पुगेको छ भने मनकामना स्कुलको पछिल्लो भागमा सामान्य क्षति भएको छ । आकाशदीपमा बिहान पौने ४ बजे वम विष्फोट गराइएकामा त्यसको १० मिनेटपछि नजिकैको मनकामना स्कुलमा विष्फोट गराइएको प्रहरीले जनाएको छ । यस्तै जोरपाटीको नारायणटार क्षेत्रमा रहेका राई स्कुल, इष्टपोल, बालसंसार, माउण्ट युराल र एम्बेसडर तथा चक्रपथस्थित कान्तिपुर एकेडेमी, डल्लु क्षेत्रमा रहेको कञ्चनजंघा र ललितपुरको जावलाखेलमा रहेको रेडियन्ट रिडर्स स्कुल अगाडि बम तथा शंकास्पद वस्तु फेला परेको थियो । नेपाली सेनाको टोलीले बम र शंकास्पद् वस्तु निष्क्रिय पारेको छ ।   काठमाडौका प्रहरी प्रमुख विक्रमसिंह थापाले बम तथा शंकास्पद वस्तु राखेर जनजीवन आतंकित पार्नेहरुको खोजी भइरहेको र ३ जनालाई पक्राउ गरिसकेको बताउनुभयो । प्रहरीले बम विष्फोट गराएको तथा शंकास्पद वस्तु राखेको अभियोगमा चन्द्र लामा, होम खत्री र शमसेर तामाङलाई पक्राउ गरेको हो ।  बम तथा शंकास्पद् वस्तु राखिएका स्थानबाट वार्षिक २ लाख ४० हजार रुपैयाँभन्दा कम आम्दानी हुनेका छोराछोरीलाई निजी विद्यालयहरुमा निःशुल्क पढाइनुपर्ने लगायतका ११ वटा माग समेटिएको पर्चा पनि फेला परेको छ ।

Add comment


Security code
Refresh