August 20, 2017, Sunday       भाद्र ४, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, ५ असोज । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध ३ वटा उजुरी परेका छन् । संसदीय सुनुर्वाइ विशेष समितिले उजुरीका लागि दश दिनको समय दिएकामा त्यो अवधिमा उपाध्यायविरुद्ध ३ वटा उजुरी परेका हुन् । तीनवटै उजुरी इमेलमार्फत प्राप्त भएको समितिले जनाएको छ । उजुरीमा अघिल्लो सरकारले फिर्ता बोलाएका उपाध्यायलाई पुनः राजदूत नियुक्त गर्न नहुने र उपाध्याय राजदूतका लागि योग्य नरहेको उल्लेख गरिएको छ । भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नाकाबन्दी हटाउनका लागि राजदूतका रुपमा उपाध्यायले प्रभावकारी भूमिका नखेलेको बरु उल्टै सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोप पनि उजुरीमा लगाइएको छ । समितिले उपाध्यायविरुद्ध परेका तीनवटै उजुरी आज समितिका सदस्यहरुलाई वितरण गरेको छ । यता चीनका लागि प्रस्तावित राजदूत लिलामणि पौडेलविरुद्ध भने एउटै उजुरी पनि परेको छैन । निजामती प्रशासनमा रहँदा विवादमा नआएका र राम्रो कामका कारण ख्याति कमाएका कारण पौडलविरुद्ध उजुरी नपरेको हो । समितिको आजको बैठकले न्याय परिषद्को सदस्यमा प्रस्तावित रामप्रसाद सिटौलाका विरुद्धमा १० दिनको समयसहित उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सिटौला यसअघि पनि न्याय परिषद्को सदस्यमा सिफारिस भएकामा अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सिटौलाको नाम सुनुवाई हुनु पहिले फिर्ता लिनुभएको थियो । सिटौला यसपटक नेपाल बार एशोसियशनका तर्फबाट न्याय परिषद्को सदस्यमा सिफारिस हुनुभएको हो ।

Add comment


Security code
Refresh