March 28, 2017, Tuesday       चैत्र १५, २०७३, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, ५ असोज । सरकारी अनुगमन टोलीले सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले संचालन गरेको सुपथ मुल्य पसलमा चिनीको विक्रीमा रोक लगाएको छ । सरकारी अनुगमन टोलीले साल्ट ट्रेडिङले तौल घटाएर उपभोक्तालाई ठगेको फेला परेपछि चिनीको  विक्रीमा रोक लगाएको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले आज जावलाखेलस्थित साल्ट ट्रेडिङको पसलको अनुगमन गर्दा चिनीका प्याकेटमा तौल कम रहेको फेला परेको छ । अनुगमन टोलीले २० वटा प्याकेट जोख्दा १७ वटामा तौल कम रहेको फेला प¥यो । साल्ट ट्रेडिङले उपभोक्ताहरुलाई तयारी अवस्थामा रहेका चिनीका प्याकेट जोख्दै नजोखी विक्री गर्दै आएको छ । विभागका संरक्षण अधिकृत विष्णुप्रसाद सुवेदीले २ केजीका सबैजसो प्याकेटमा २५ देखि ३० ग्रामका दरले तौल कम रहेका कारण चिनी विक्रि नगर्न निर्देशन दिएको बताउनुभयो ।  विभागको अनुगमनका क्रममा तौल कम भएको फेला परेपछि ३ घण्टासम्म लाइन बसेर खरिद् गरेका उपभोक्ताले चिनी फिर्ता गरे भने कतिपय उपभोक्ता खरिद् नै नगरी फर्किएका थिए । सरकारी निर्णय अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौ उपत्यकाका विभिन्न ११ वटा स्थानमा असोज १ गतेदेखि सुपथ मुल्यका पसल संचालन गरिरहेको छ । सरकारी टोलीले बजार अनुगमनका क्रममा उत्पादकको नाम र उत्पादनको मिति उल्लेख नगरिएको भन्दै सामान जफत गर्नुका साथै ती सामान विक्रि नगर्न निर्देशन दिएको छ । 

Add comment


Security code
Refresh