March 28, 2017, Tuesday       चैत्र १५, २०७३, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, ७ असोज । उद्योगमन्त्री नविन्द्रराज जोशीले चैत मसान्तसम्म मुस्ताङमा रहेको युरेनियमको परिणाम पत्ता लगाउने बताउनुभएको छ । उद्योगमन्त्री जोशीले आज व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा युरेनियमको परिणाम पत्ता लगाउनका लागि एउटा टोली मुस्ताङको लोमान्थाङ पठाएको तर  त्यो टोली चिसो मौसम सुरु हुन लागेकाले दुई सातामा नै फर्किने बताउनुभयो । उहाँले चिसो मौसम सकिएपछि एक महिनाका लागि पुनः अनुसन्धान टोलीलाई मुस्ताङ पठाउने र त्यो समयमा युरेनियमको परिणाम पत्ता लगाउने बताउनुभयो । उहाँले युरेनियमको परिणाम पत्ता लगाउनका लागि सरकारी जनशक्तिले नपुग्ने भन्दै निजी क्षेत्रको सहयोग लिने पनि बताउनुभयो । अघिल्लो सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले युरेनियमको अन्वेषण कार्य अगाडि बढाउनुभएको थियो । सबैभन्दा धेरै परमाणु भार भएको युरेनियमलाई रणनीतिक महत्वको खनिज मानिन्छ । जानकारहरुका अनुसार १० ग्राम शुद्ध युरेनियमको मूल्य १८ करोड रुपैयाँ भन्दा बढी पर्छ । उद्योगमन्त्री जोशीले नपलपरासीमा रहेको फलाम खानीमा कति फलाम छ भन्ने बारेमा पनि मन्त्रालयले अध्ययन गर्ने बताउनुभयो । उहाँले नवलपरासीमा कात्तिक २५ गतेदेखि पुस मसान्तसम्मको समय लगाएर अध्ययन गरी परिणाम पत्ता लगाउने बताउनुभयो । नवलपरासीको धौबादी गाविसको पोखरी भन्ने स्थानमा ठूलो फलाम खानी रहेको तथ्य ओली सरकारका पालामा गरिएको सर्भेका क्रममा फेला परेको थियो । पोखरीमा करिब १० किलोमिटर क्षेत्रमा फलाम रहेको अनुमान गरिएपनि फलाक कति परिणाममा छ भन्ने यकिन भएको छैन । मन्त्री जोशीले इमाडोल र टेकुमा प्राकृतिक ग्याँस रहे÷नरहेको बारेमा कात्र्तिक ५ गते परीक्षण गरिने पनि बताउनुभयो ।

Add comment


Security code
Refresh