June 23, 2017, Friday       आषाढ ९, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, ७ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयन गरेर तथा विभागहरु गठन गरेर पार्टीलाई छिट्टै पूर्णता दिने बताउनुभएको छ । काँग्रेस सभापति देउवाले पार्टीका हालसम्मका महाधिवेशनहरुलाई समावेश गरेर तयार पारिएको पुस्तकको आज काठमाडौंमा एक समारोहबीच लोकार्पण गर्दै बाँकी काम पूरा गरेर पार्टीलाई गति दिने बताउनुभयो । महाधिवेशन सम्पन्न भएको ६ महिना पूरा भइसक्दा पनि सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनय गर्नुभएको छैन । यस्तै विभाग गठनको काम पनि भएको छैन । देउवाले यही विषयलाई लिएर कतिपयले काम गर्न सकेन भनेर आफ्नो आलोचना गरिरहेको भन्दै अब चाँडै पदाधिकारी मनोनयन र विभाग गठनको काम गर्ने बताउनुभयो । काँग्रेस सभापति देउवाले स्थानीय तहको पुनर्संरचनामा सहमति कायम हुन नसके हाल कायम रहेका इलाकाहरुलाई आधार मानेर स्थानीय तहको निर्वाचन गरिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहको संख्याका विषयमा फरक फरक मत देखिएको भन्दै सहमति कायम हुन नसकेको अवस्थामा ९ सय २७ वटा इलाकाहरुलाई आधार मानेर निर्वाचन गरिनुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको यसअघि भएको भेलाले पनि इलाकाहरुलाई आधार मानेर स्थानीय तहको संख्या र सीमाना निर्धारण गर्न सुझाव दिएको थियो ।


Add comment


Security code
Refresh