October 20, 2017, Friday       कार्तिक ३, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, ७ असोज । यातायात व्यवसायीहरुले दशैं पर्वका लागि टिकट बुकिङ खुलाएका छन् । व्यवसायीहरुले दशैं सुरु हुन एक साता मात्र बाँकी रहँदा आज लामो दूरीका गन्तव्यहरुको टिकट बुकिङ खुलाएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले टिकट बुकिङका लागि बसपार्क, सुन्धारा लगायतका स्थानमा २४ वटा काउण्टरको व्यवस्था गरिएको जानकारी दिएको छ । मध्यम दूरीको टिकट बुकिङ भने असोज १० गते मात्र सुरु गर्ने महासंघका कोषाध्यक्ष सुरेश पौडेलले जानकारी दिनुभयो ।  व्यवसायीहरुले ढिलो गरी बुकिङ खुलाएका कारण काउण्टरहरुमा यात्रुहरुको ठूलो भीड लागेको छ । टिकट बुकिङ गराउन कतिपय यात्रुहरु बिहान चार बजे नै नयाँबसपार्कस्थित काउण्टरमा पुगेका थिए । यात्रुहरुले लामो लाइनका कारण टिकट बुकिङ गराउन चार घण्टासम्म पर्खनुपरेको बताएका छन् । उनीहरुले निर्धारित भाडादरभन्दा बढी मूल्य तिर्नुपरेको पनि बताएका छन् । प्रहरीले टिकटको मूल्यमा हुने ठगी, फर्जी टिकट लगायतका बारेमा उजुरी गर्न बसपार्क लगायतका विभिन्न १२ स्थानमा नागरिक सहायता कक्षको व्यवस्था गरेको छ । तर यात्रुहरुले कुनै गुनासो नगरेको प्रहरीले बताएको छ ।  व्यवसायीहरुका अनुसार दशैंका बेला १५ लाखभन्दा बढी यात्रु टिकट बुकिङ गराएर घर जाने गरेका छन् । गतवर्ष भारतले लगाएको नाकाबन्दीका कारण इन्धनको अभावमा सवारीसाधन पातलो संख्यामा चल्दा निकै कमले उपत्यका छाडेकामा यो पटक २० लाख भन्दा बढी टिकट बुकिङ हुने व्यवसायीको अनुमान छ । यात्रुको चापलाई ध्यान दिइ कलंकी र कोटेश्वरबाट दैनिक ३ हजार गाडी उपत्यकाबाट वाहिरिने व्यवस्था मिलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
 

Add comment


Security code
Refresh