August 20, 2017, Sunday       भाद्र ४, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

जनकपुर, ८ असोज । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले छिट्टै संविधान संशोधन गरेर मधेसको समस्या समाधान गरिने बताउनु भएको छ । आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री निधीले मधेस केन्द्रित दलहरुसँग छलफल गरेर संविधान संसोधनको प्रस्ताव तयार गरिने बताउनुभयो । उहाँले वर्तमान सरकार गठन भएको समयमा मधेसी मोर्चासँग भएको सहमतिको पहिलो बुंदामा संविधान संसोधन गर्ने उल्लेख भएकाले सरकार संविधान संसोधन गरेर मधेसको समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले एमालेले समेत सरकारले ल्याउने संविधान संसोधनको प्रस्तवमा साथ दिनेमा आफुहरु आशावादी रहेको बताउनुभयो । मन्त्री निधिले मधेस आन्दोलनका क्रममा सरकारले पक्राउ गरेर मुद्दा चलाएकाहरुको मुद्दा फिर्ताको विषयमा समेत सकारात्मक छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले प्रहरी प्रमुख र आफुबीचमा मुद्दा फिर्ता लिने विषयमा विवाद रहेको भन्ने समाचारहरुमा कुनै सत्यता नरहेको समेत दाबी गर्नुभयो ।   मन्त्री निधिले सरकार चैत्रसम्ममा स्थानिय निकायको निर्वाचन गराउन प्रतिवद्ध रहेको भन्दै अहिले स्थानीय निकाय पुनरसंरचना आयोगले काम गरिरहेकाले आयोगले काम सकेपछि निर्वाचनको प्रक्रिया सुरु हुने बताउनुभयो ।

Add comment


Security code
Refresh