August 20, 2017, Sunday       भाद्र ४, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, ८ असोज । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी संविधान संशोधनको विपक्षमा देखिनुभएको छ । माओवादी केन्द्र नेतृत्वको सरकारले संविधान संशोधनको गृहकार्य गरिरहेका बेला त्यहि पार्टीका प्रभावशाली नेता रायमाझीले आज काठमाडौंमा एक सार्वजनिक कार्यक्रममार्फत मधेशवादी दलका एजेण्डा मात्र सम्बोधन हुने गरी संविधान संशोधन गर्न नदिने बताउनुभयो । रिपोर्टस क्लबको सभाकक्षमा पुगेका रायमाझीले संविधान संशोधन गर्दा कि त सबै दलका एजेण्डा सम्बोधन गरिनुपर्ने अन्यथा मधेशवादी दलका एजेण्डा मात्र सम्बोधन गर्नका लागि संविधान संशोधन गर्ने कुरा कुनै हालतमा मान्य नहुने बताउनुभयो । उहाँले मधेशका जिल्लालाई मात्र समावेश गरेर दुई वटा प्रदेश बनाइनुपर्ने माग सम्बोधनका लागि दुई तिहाइ मत ल्याएर देखाउन मधेशवादी दलहरुलाई चुनौति दिनुभयो । उहाँले मधेशवादी दलले आन्दोलन गरेका आधारमा संविधान संशोधन गर्न खोजिए आफुहरु पनि आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । माओवादी केन्द्रका नेता रायमाझीले संविधानमा व्यवस्था गरिएको ५ नम्बर प्रदेशमा रहेका जिल्लालाई अर्को प्रदेशमा राख्ने गरी संशोधनको प्रस्ताव तयार नगर्न सरकारलाई चेतावनी समेत दिनुभयो । उहाँले सबैभन्दा विवादित रहेका झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई छुने आँट गर्नुको साटो जनताले चित्त बुझाएको प्रदेशलाई टुक्र्याउन खोजिए निर्णायक लडाईं लड्ने बताउनुभयो । कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका नेता वृषेशचन्द्र लालले भने मधेशका जिल्लामा २ वटा प्रदेश हुने गरी सीमांकन हेरफेर नगरिएसम्म आफूहरुलाई मान्य नहुने बताउनुभयो ।

Add comment


Security code
Refresh