August 20, 2017, Sunday       भाद्र ४, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, ८ असोज । चिनीयाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण गर्न इच्छुक देखिनुभएको छ । चिनीयाँ उपप्रधानमन्त्री लिउ याङदोङले सभामुख ओनसरी घर्तीसँगको भेटवार्ताका क्रममा जिनपिङले नेपाल भ्रमणको इच्छा देखाएको जानकारी गराउनुभएको हो । एक साता लामो चीन भ्रमण गरेर आज अपरान्ह स्वदेश फर्किएकी सभामुख घर्तीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै गान्सु प्रान्तमा भएको भेटवार्ताका क्रममा चिनीयाँ उपप्रधानमन्त्री याङदोङले राष्ट्रपति जिनपिङले नेपाल भ्रमण गर्न चाहेको तथा कूटनीतिक तहमा छलफल गरेर भ्रमणको मिति टुंगो लगाउने बताएको जानकारी दिनुभयो । सभामुख घर्ती चीन सरकारको निम्तामा असोज २ गते पति वर्षमान पुन र छोरी तथा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईसहित ८ सदस्यीय टोलीको नेतृत्व गरी चीन प्रस्थान गर्नुभएको थियो । चीनमा रहँदा गान्सु प्रान्तमा आयोजित ८५ देशका १५ सय प्रतिनिधिहरुको उपस्थिति रहेको सिल्करोड इन्टरनेशनल कल्चरल एक्स्पोमा सहभागी भएकी सभामुख घर्तीले गान्सु र युनान प्रान्तका गर्भनरसँग भेटवार्ता पनि गर्नुभएको थियो ।

Add comment


Security code
Refresh