October 20, 2017, Friday       कार्तिक ३, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, ९ असोज । पूर्वगृहमन्त्री तथा पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरे चढेको जीप त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ ।  घिमिरेसहित ३ जना बेपत्ता छन् भएका छन् भने उहाँकी आमासहित ३ जनाको मृत्यु भएको छ । गाडी चालक प्रहरी हवल्दार विष्णु राई भने   घाइते भएका छन् । घिमिरे चढेको बा ९ च १५३१ नम्बरको गाडी चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट आज साँझ ४ बजे त्रिशुलीमा खसेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार घिमिरेकी आमा चैतन्यकुमारी घिमिरे, सशस्त्र प्रहरीका सई अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायण काफ्लेको शव निकालिएको छ । काफ्ले घिमिरेका भाञ्जा भएको बताइएको छ । यस्तै पूर्वगृहमन्त्री घिमिरेसहित उहाँका भाइहरु प्रकाश घिमिरे र मोहन घिमिरे भने हराइरहेका छन् । घिमिरे परिवार श्राद्ध गरेर मुस्ताङको कागबेनीबाट फर्कंदै गरेको बताइएको छ । घाइते चालकका अनुसार दुर्घटना भएका बेला घिमिरे आफैंले गाडी चलाउनु भएको थियो । २०६६ साल साउन २२ गतेदेखि ०६९ साउन २१ गतेसम्म मुख्यसचिव भएका घिमिरे खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषदमा गृह तथा परराष्ट्रमन्त्री हुनु भएको थियो ।


 

Add comment


Security code
Refresh