December 15, 2017, Friday       मंसिर २९, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

इनरुवा, १० असोज । चालकले मादकपदार्थ सेवन गरी चलाएको डुंगा छालमा अनियन्त्रिक हुँदा दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन छानबिन समितिले सुनसरी प्रशासनसमक्ष बुझाएको छ । गत शनिबार सप्तकोसी नदीमा डुंगा पल्टिएपछि गठित सहायक प्रमुख जिल्ला अधिकारी कमल थापा नेतृत्वको छानबिन समितिले प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंसमक्ष बुझाएको प्रतिवेदनमा चालकले मादक पदार्थ सेवन गर्नुलाई दुर्घटनाको मुख्य कारण मानेको छ । प्रतिवेदनमा यात्रुको चाप अत्यधिक रहेको डुंगा मादकपदार्थ सेवन गरेका चालकले नियन्त्रण गुमाउँदा पानीको छालमा परेर दुर्घटनामा परेको उल्लेख छ । लाइफ ज्याकेटको व्यवस्था नगरिनु, पूर्वसावधानी तथा सुरक्षाका उपायहरु नअपनाइनु जस्ता कारण डुंगा दुर्घटना हुँदा ठूलो मानवीय क्षति पुगेको समितिको निष्कर्ष छ । समितिले सप्तकोसीमा बाढी आउँदाको समयमा डुंगा सञ्चालनमा रोक लगाउनुपर्ने र असार, साउन र भदौ महिनाभर कोसीमा पूर्ण रुपमा डुंगा निषेध गर्न आवश्यक रहेको सुझावसहितको प्रतिवेदन पेश गरेको छ । ६३ जना सवार डुंगा कोसी नदीमा दुर्घटना हुँदा हराइरहेका ९ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । प्रतिवेदनमा बेपत्ता जीवित भेटिने अवस्था न्यून रहेको उल्लेख छ । दुर्घटनापश्चात ३७ जनाको तत्काल उद्धार गरिएको थियो भने १७ जना पछिबाट सम्पर्कमा आएका थिए ।

Add comment


Security code
Refresh