August 20, 2017, Sunday       भाद्र ४, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, ११ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्ताव संसद्मा पेश हुनेमा कुनै किसिमको शंका नगर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुसँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज अपरान्ह संविधान संशोधनको प्रस्ताव दर्ताको मितिबारे बुझ्न बालुवाटार पुगेका मोर्चाका नेताहरुसँग आफू सकेसम्म दशैं अघि नै संशोधन प्रस्ताव दर्ता गर्ने पक्षमा रहेको बताउनुभयो । मोर्चाका नेताहरुले सरकार गठन भएको दुई महिना हुन लागिसक्दा पनि सहमति अनुसार संशोधन प्रस्ताव पेश नभएपछि आफूहरुले शंका गर्नुपर्ने अवस्था आएको बताएकामा जवाफमा प्रधानमन्त्री दाहालले शंका नगर्न आग्रह गर्दै संशोधन प्रस्ताव अबिलम्ब संसद्मा पेश हुने बताउनुभयो । वार्तामा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीको जवाफपछि संशोधन प्रस्ताव संसद्मा पेश हुने आशा जागेको बताउनुभयो । प्रधानमन्त्रीसँगको बैठकमा मोर्चाका नेताहरुले मधेश आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता लिन किन ढिलाइ गरेको भनेर समेत प्रश्न राखेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले मुद्दा फिर्ताको प्रक्रिया अन्तिम अवस्थामा पुगेको बताउनुभयो । मोर्चाका नेताहरुले संविधान संशोधन नभएसम्म स्थानीय तहको निर्वाचनको प्रक्रिया अगाडि नबढाउन आग्रह गर्दै हाल कायम इलाकालाई आधार मानेर निर्वाचन गर्न नदिने पनि बताएका छन् । बैठकपछि प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहमति नभएपनि सरकारले संशोधन प्रस्ताव संसद्मा पेश गर्ने बताउनुभयो । सरकार गठनका बखत नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र मधेशवादी दलहरुबीच संविधान संशोधन गरेर अहिले देखिएको असन्तुष्टि सम्बोधन गर्ने सहमति भएको थियो ।

Add comment


Security code
Refresh