April 30, 2017, Sunday       बैशाख १७, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

धादिङ, ११ असोज । धादिङको मार्पाक लवांगफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ जना पुगेको छ । दुर्घटनामा परी १८ जनाको घटनास्थलमै र १ जनाको राजधानीस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते १२ जनाको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको अस्पतालका इमरजेन्सी विभाग प्रमुख डा. प्रतापनारायण प्रसादले जानकारी दिनुभयो । घाइतेरुलाई दुईवटा हेलिकप्टरमार्फत् उपचारार्थ काठमाडौं लगिएको धादिङका प्रहरी प्रमुख शरदकुमार खत्रीले जानकारी दिनुभयो । आज बिहान सदरमुकामको मिलनटोलबाट ३५ जना टिकट काटेका यात्रु लिएर किङ्गताङ्गफेदीका लागि छुटेको ना ४ ख ३३१८ नम्बरको समीक्षा यातायातको बस मार्पाक–६ स्थित उकालोमा दुर्घटना भएको धादिङ जिल्लाका प्रहरी निरीक्षक भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो । बसपार्कबाट ३५ जना बोके पनि बीच बाटोमा अरु थपिएको हुन सक्ने प्रहरीले बताएको छ । मृतक १९ मध्ये १६ जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक गोरखा तान्द्राङ–९ का गंगावीर विश्वकर्मा, मार्पाक–५ का कमल पौडेल, सोही ठाउँका पवनबहादुर स्माइली मगर, दिलकुमारी अधिकारी, दार्खा–९ का पर्यटन व्यवसायी रामचन्द्र सापकोटा, सत्यदेवी–३ का लिलाबहादुर गुरुङ, सोही स्थानकी चिरमाया तामाङ, रावन तामाङ, रि गाउँ–८ कि मुना तामाङ, सत्यदेवी–२ रंगसिंह तामाङ, सोही स्थानका मिदिजंग तामाङ, रौता तामाङ, रि गाउँ–२ का टेकबहादुर तामाङ, चन्द्रमान तामाङ, गुम्दी–८ का इन्द्ररुद्रबहादुर घले र ठेगाना नखुलेका नरबहादुर थापा गरी १६ जनाको सनाखत भएको छ । भूकम्पले क्षतिग्रस्त घरको पुनर्निर्माण गर्न पहिलो किस्ता ५० हजार रकम अनुदान लिन आएका उत्तरी भेकका सत्यदेवी र री गाविसका अधिकांश भुकम्पपीडित यात्रुहरु बसमा रहेको टिकट काउन्टरले जनाएको छ । सेम्जोंग र कटुन्जेबाहेक उत्तरी भेकका री, लापा, सत्यदेवी , तिप्लिङ्ग, सेर्तुङ्ग, झार्लाङ्गका बासिन्दाहरुले उक्त सडक प्रयोग गर्छन् ।  दुर्घटनास्थल सदरमुकाम धादिङवेसीबाट ३२ किलोमिटर दूरीमा पर्छ । प्रहरीका अनुसार दुर्घटनामा परेको बसको रुट परमिट छैन ।  बर्षाले बिग्रेको ग्रामीण सडक मर्मत संभार नभएपछि दुर्घटना भएको प्रहरीको भनाइ छ ।



Add comment


Security code
Refresh