April 30, 2017, Sunday       बैशाख १७, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

धनकुटा, १३ असोज । अलैंचीको मूल्यमा ब्यापक गिरावट आएपछि कृषकहरु चिन्तित भएका छन् । उच्च मूल्य आउने बाली अलैंचीको एकाएक भाउ घटेपछि उत्पादक किसान चिन्तामा परेका हुन् । भारत र पाकिस्तान लगायत मुलुकबाट माग घटेपछि गतबर्ष भन्दा करिब ६० प्रतिशतसम्म मूल्य घटेको किसान र ब्यबशायीहरुले बताएका छन् । गतबर्ष यो सिजनमा प्रतिमन १ लख २० हजार रुपैयाँमा कारोबार भएको अलैंचीको भाउ अहिले प्रतिमन ५५ देखि ६० हजार रुपैयाँमा झरेको छ । भारतले मिसावट यूक्त कमसल अलैंची निर्यात हुन थालेको बाहाना बनाएर नेपाली अलैंची निकासीमा अबरोध गरेपछि धनकुटा, तेह्रथुम, संखुवासभा लगायत पूर्वका मूख्य अलैंची उत्पादक जिल्लाका किसान सस्तोमै अलैंची बिक्रि गर्न बाध्य छन् ।     पूर्वका इलाम, ताप्लेजुङ, तेह्रथुम धनकुटा र संखुवासभा मुलुककै मूख्य अलैचीं उत्पादक जिल्ला हुन् । यी जिल्लामा रामसाइ, गोलसाइ, साउने र भार्लाङ जातका अलैंचीको ब्यबशायीक खेति हँुदै आएको छ ।

Add comment


Security code
Refresh