March 28, 2017, Tuesday       चैत्र १५, २०७३, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, १५ असोज । परराष्ट्रमन्त्री प्रकाशशरण महतले अध्यक्ष राष्ट्र भएकाले नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको स्थगित १९ औं शिखर सम्मेलन आयोजना गराउन पहल गर्ने बताउनु भएको छ ।  संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा भाग लिएर स्वदेश फर्केका मन्त्री महतले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै त्यसका लागि सदस्य राष्ट्रहरुसँग छलफल गर्ने बताउनु भएको हो । मन्त्रि महतले सार्कका सबै सदस्य राष्ट्रहरुसँग छलफल गरेर सबै सहभागी हुने मिति तय गरिने बताउनु भयो । भारत–पाकिस्तानबीचको सम्बन्धमा देखिएको पछिल्लो तिक्ततासँगै आगामी कात्र्तिक २४ देखि २५ गतेसम्म पाकिस्तानमा हुने कार्यसूची रहेको सार्क शिखर सम्मेलन स्थगित भएको छ । मन्त्री महतले राष्ट्र संघको महासभामा र महासभाका विभिन्न साइडलाइन छलफलमा नेपालको राष्ट्रिय आवश्यकता र राष्ट्रिय हित सम्बन्धमा भ्रमण केन्द्रित गरेको बताउनु भयो । उहाँले राष्ट्र संघको बैठकमा विश्वशान्ति स्थापनार्थ गरेको योगदान, भूपरिवेष्ठित मुलुकले भोग्दै आएका समस्या र पाउनुपर्ने सुविधा, जलवायु परिवर्तन, आप्रवासीको सुरक्षा र रोजगारीका विषयमा छलफल भएको बताउनु भयो ।

Add comment


Security code
Refresh