October 20, 2017, Friday       कार्तिक ३, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, १६ असोज । बडादसैंलाई लक्षित गरी नेपाल राष्ट्रबैंक विराटनगर शाखाले आजदेखि नयाँ नोट वितरण गर्न सुरु गरेको छ । बैंकले विराटनगरका नौ वटा काउन्टरबाट प्रतिव्यक्ति अधिकतम ४० हजार रुपैयाँसम्म र ग्रामीण भेगका सहकारीहरुलाई दुईदेखि पाँच लाखसम्म नयाँ नोट दिने व्यवस्था गरेको जनाएको छ । त्यस्तै वाणिज्य बैंकलाई कम्तीमा १० लाखदेखि ५० लाखसम्म, विकास बैंकलाई ५ लाखदेखि २० लाखसम्म र वित्त कम्पनीहरुलाई ५ लाखदेखि १० लाखसम्म वितरण गर्ने व्यवस्था मिलाइएको छ । ज्येष्ठ नागरिक, अपांग, अशक्तका लागि एउटा छुट्टै काउन्टरको व्यवस्था गरिएको छ । गत वर्ष बैंकले ५३ करोड ५ लाख ६५ हजार नयाँ नोट वितरण गरिएको थियो । यस वर्ष गत वर्षभन्दा तेब्बर नोट सटही हुने अनुमान गरिएको बैंकका निर्देशक रामु पौडेलले जानकारी दिनुभयो । नयाँ नोट दिने भएपछि बैंकमा नयाँ नोट लिन सर्वसाधरणको भीड लाग्न थालेको छ ।
 

Add comment


Security code
Refresh