April 30, 2017, Sunday       बैशाख १७, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, १६ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायको नाम नियुक्तिका लागि संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले उपाध्यायको नाम बहुमतले अनुमोदन गरेको हो । समितिका सभापति कुलबहादुर गुरुङले उपाध्यायको नाम अनुमोदनका लागि प्रस्ताव गर्दा एमालेका सांसद्हरुले उपाध्यायले मुलुकको प्रतिनिधित्व गर्न नसक्ने भन्दै प्रस्तावको समर्थन गर्न अस्वीकार गरे । यद्यपि, बैठकले उपाध्यायलाई राजदूतमा नियक्त गर्न मन्त्रिप्रिषद्ले गरेको सिफारिस बहुमतले अनुमोदन गरेको छ । समितिबाट सिफारिस अनुमोदन भएसँगै उपाध्यायलाई दोस्रोपटक भारतको राजदूत नियुक्त हुने बाटो खुलेको छ । एमाले नेतृत्वको अघिल्लो सरकारले राजदूतको पदीय मर्यादाविपरीत सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोपमा उपाध्यायलाई कार्यकालको बीचमै फिर्ता बोलाएको थियो । बैठकले चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेल र न्याय परिषद्को सदस्यका लागि सिफारिस रामप्रसाद सिटौलाको नाम भने सर्वसम्मतरुपमा अनुमोदन गरेको छ । समितिबाट अनुमोदित राजदूत र न्याय परिषद्का सदस्य राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

Add comment


Security code
Refresh