August 20, 2017, Sunday       भाद्र ४, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, १७ असोज । सरकारले खाद्य पदार्थमा मिसावट गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यापारीहरुलाई जेल हाल्ने व्यवस्थासहित कानुन संशोधन गर्ने भएको छ । हालको कानुनमा निकै कम जरिवानाको व्यवस्था रहेका कारण व्यापारीहरुले त्यसलाई कमजोरीका रुपमा लिइ मिसावट गरेर तथा गुणस्तरहीन खाद्य वस्तु बेचेको भन्दै त्यस्ता व्यापारीलाई जेल हाल्ने व्यवस्थासहित कानुनमा संशोधन गर्ने भएको हो । आपूर्तिमन्त्री दीपक बोहोराले मन्त्रालयले कानूनमा संशोधनको प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो । रिपोर्टस क्लबले आज काठमाडौमा गरेको साक्षात्कारमा मन्त्री बोहोराले हालको जरिवानाको व्यवस्थाले करोडौं रुपैयाँको कारोबार गर्ने व्यापारिक फर्महरुलाई कुनै प्रभाव परेको नदेखिएका कारण मन्त्रालयले जरिवानाको रकम समेत बढाइ कानून संशोधनको काम अगाडि बढाएको बताउनुभयो । आपूर्तिमन्त्री बोहोराले बजार अनुगमनका क्रममा कैफियत फेला परेका सबै व्यापारिक फर्म र व्यापारीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको दाबी पनि गर्नुभयो । आपूर्ति मन्त्रालयले साउनको अन्तिम साताबाट बजार अनुगमन सुरु गरेकामा हालसम्म ४ सय ५३ वटा पसल र फर्ममा कैफियत फेला परेको छ ।

Add comment


Security code
Refresh