March 28, 2017, Tuesday       चैत्र १५, २०७३, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, १८ असोज । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विधेयक व्यवस्थापिका संसद्मा पेश गरेको छ । संसद्को आज बसेको बैठकमा सरकारका तर्फबाट उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक दल, मतदाता नामावली र निर्वाचन आयोग विधेयक पेश गर्नुभएको हो । राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा फौजदारी मुद्दामा २ वर्ष वा सो भन्दा बढीको कैद सजाय पाएका व्यक्तिलाई सजाय भोगेको ६ वर्ष नपुगिकन दलको सदस्यता नदिन प्रस्ताव गरिएको छ । सरकारी कर्मचारी र शिक्षकलाई दलको सदस्यता दिन नपाइने, दलले सरकारी सहयोग लिन नपाउने तथा दलको केन्द्रीय समितिका सदस्यले दुई महिनाभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था विधेयकमा छन् । उपप्रधान तथा गृहमन्त्री निधिले दलहरुको आन्तरिक लोकतन्त्र बलियो बनाउन तथा आर्थिकरुपमा  दलहरुलाई पारदर्शी बनाउनका लागि राजनीतिक दलसम्बन्धी विधेयक पेश गरिएको बताउनुभयो ।  नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसद्ले भने विधेयकमा प्रस्ताव गरिएका व्यवस्था अपूरो रहेको भन्दै विरोधको सूचना पेश गरे । नेमकिपाकी सांसद् अनुराधा थापामगरले नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएका व्यक्तिलाई तथा सीमा भन्दा बढी र विदेशमा सम्पत्ति राख्ने व्यक्तिलाई दलको सदस्यता नै दिन नहुने व्यवस्था नगरिएको भन्दै विरोधको सूचना पेश गर्नुभएको हो । तर बैठकले नेमकिपाको विरोधको सूचना बहुमतले अस्वीकृत गरेको छ ।

Add comment


Security code
Refresh