December 17, 2017, Sunday       पुष २, २०७४, आइतबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, १८ असोज । शिक्षण अस्पतालमा आमरण अनसन बसेका चिकित्सक डाक्टर गोविन्द केसीको समर्थन गर्दै अस्पतालका आवासिय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आज इमर्जेन्सी र शल्यक्रिया बाहेकका कुनै पनि सेवा तथा पठनपाठन कार्यमा सहभागी भएनन् । आवासीय चिकित्सकहरुको संघले डाक्टर केसीको मागप्रति सम्बद्ध निकाय गम्भीर नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । आवासीय चिकित्सक संघका अध्यक्ष लिजन महर्जनले डाक्टर केसीको स्वास्थ्य स्थिति बिग्रदै गएकाले जीवनरक्षाका लागि आफूहरु आन्दोलनमा उत्रिएको बताए ।  अनसनमा बसेका डाक्टर केसीले सांसदहरुलाई लोकमानतन्त्रको सिपाहीको संज्ञा दिनुभयो । लोकतन्त्रको सिपाहीं भन्ने सांसदहरु नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग डराएको भन्दै आफू कुनै पनि अवस्थामा लोकमानसिंह कार्कीलाई महाअभियोग नलगाई पछि नहट्ने उल्लेख गर्नुभयो ।  अख्तियारका प्रमुख कार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायत माग गर्दै डाक्टर केसी अनसनमा हुनुहुन्छ । आज अनसनको ९ औ दिन पुग्दा केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ

Add comment


Security code
Refresh