March 28, 2017, Tuesday       चैत्र १५, २०७३, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, १८ असोज । पछिल्लो दुई महिनाको अवधिमा सवारी दुर्घटनामा परेर ३ सय ८ जनाको मृत्यु भएको छ । काभ्रे, धादिङ, अर्घाखाँची, बैतडीलगायतका ६४ जिल्लामा भएका सवारी दुर्घटनामा परी दुई महिनामा ३ सय ८ जनाको मृत्यु भएको हो । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले यस अवधिमा १ सय ८१ वटा बस र जीप तथा १ हजार २ सय ९६ वटा मोटरसाइकल दुर्घटनामा परेको जानकारी दिनुभयो । गृहमन्त्री निधिले मंगलबार व्यवस्थापिका संसद्को बैठकमा सांसद्हरुले विभिन्न समयमा उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा दुर्घटनामा परी २ हजार ७ सय ९३ जना घाइते भएको र केहीको अवस्था अज्ञात रहेको बताउनुभयो । गृहमन्त्री निधिका अनुसार पछिल्लो दुई महिनाको अवधिमा बाढी पहिरो र चट्याङमा परी १ सय २१ जनाको मृत्यु भएको छ । प्राकृतिक प्रकोपका घटनामा २ सय १६ जना घाइते भएको तथा १९ जना बेपत्ता भएको मन्त्री निधिले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी पहिरो र चट्याङका कारण साउन १९ गतेदेखि असोज १७ गतेको अवधिमा ३० करोड २८ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

Add comment


Security code
Refresh