September 22, 2017, Friday       आश्विन ६, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

इनरुवा, २० असोज । ८ वर्षदेखि फलामे सिक्रीमा बाँधेर राखिएका सुनसरी औरावनीका एक मानसिक सन्तुलन गुमाएका युवाको आज उद्धार गरिएको छ ।  राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरको टोलीले ८ वर्षदेखि कष्टकर जीवन बिताउँदै आएका मानसिक रोगी अमित साहको उद्धार गरेको हो । अमितको अवस्थाबारे मकालु टेलिभिजनले समाचार सार्वजनिक गरेपछि आयोगको  सक्रियतामा अमितको उद्धार गरिएको हो । कमजोर आर्थिक अवस्थाका कारण उपचार अभावमा सिक्रीमा बाँधेर राखिएका अमितको उद्धारका लागि मानवअधिकार आयोगका क्षेत्रीय संयोजक झन्कारबहादुर रावलसहित इन्सेक पूर्वाञ्चल संयोजक सोम थापा, कोकनकी मञ्जिता औरावनी पुग्नुभएको थियो । परिवारको सहमतिमा अमितको उपचारको व्यवस्था धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिलाइएको राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय संयोजक झन्कारबहादुर रावलले जानकारी दिनुभयो । अमितसँगै सुनसरी मधेलीका अर्का मानसिक रोगी सकिल मोहम्मदलाई समेत आयोगको टोलीले उद्धार गरी उपचारका लागि प्रतिष्ठानमा भर्ना गरेको छ ।

Add comment


Security code
Refresh