July 21, 2017, Friday       श्रावण ६, २०७४, शुक्रबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, २० असोज । काठमाण्डौ बालाजु बाईपासमा प्लाष्टिक हयाण्ड ग्रिनेट बम फेला परेको छ । आज सांझमा बालाजु बाईपासबाट नेपालटार जाने बाटो सो बम फेला परेको हो । बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्कृय पारेको छ । केही समयअघि राजधानीका केही स्कुलमा फेला परेको बम नै लुकाएर राखेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घना वस्ती र दशैको चहलपहल बढीरहेका बेला सांझपख बम भेटिएपछि वरपरको स्थिति केही बेर तनावपुर्ण बनेको थियो । बाईपासबाट नेपाल टार जाने वाटो र सहायक बाटोमा निकै समय यातायात सेवा पनि अवरुद्ध बनेको थियो । बम फेला परेको खबरसंगै स्थानीयबासी पनि त्रसित बनेका थिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्कृय पारेपछि अहिले भने सो स्थानको यातायात सुचारु भएको छ ।

Add comment


Security code
Refresh