May 30, 2017, Tuesday       जेष्ठ १६, २०७४, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, २० असोज । सरकारले मुलुकभरका बाढीपहिरो पीडितका लागि प्रतिपरिवार थप पन्ध्रहजार रुपैयाँ उपलब्ध गराउने भएको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गत वैशाखदेखि यताका मुलुकभरका बाढी पहिरो पीडित परिवारलाई प्रतिपरिवार थप १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । सरकारले उनीहरुलाई यस अघि नै प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराइसकेको छ । जिल्लास्थित दैवीप्रकोप उद्धार समितिले पहिचान गरेका बाढी पीडितहरुलाई प्रतिपरिवार थप १५ हजार रुपैयाँ दिने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिनुभयो । त्यसैगरी बैठकले सहसचिवहरुको कार्यदक्षता रेकर्ड राख्ने गठन गरिएको नेतृत्व मूल्यांकन समितिमा पूर्वसचिव  मधुरमण आचार्य र सुरेशमान श्रेष्ठलाई नियुक्त गरेको छ । त्यसैगरी सरकारले चाडबाडमा वन विनाश बढी हुने गरेको तथ्यांकलाई अघि सार्दै यस वर्ष दशैका बेला पनि मुलुकभरका वनपालेलाई सम्बन्धित मन्त्रालयबाट नै तलब उपलब्ध गराई काममा लगाउने भएको छ  । मुलुकभर वन संरक्षणका लागि  ४ सय ५० जना वनपाले कार्यरत छन् ।

Add comment


Security code
Refresh