March 28, 2017, Tuesday       चैत्र १५, २०७३, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौं, २१ असोज । नेपाल ट्रेड युनियन महासंघले औद्योगिक व्यवसाय ऐन मजदुरको हकहितविरुद्ध भएको भन्दै अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओमा मुद्दा दायर गर्ने तयारी गरेको छ । महासंघले अन्तराष्ट्रिय श्रम संगठन आई एल ओ महासन्धिको १ सय ४४ अनुसार श्रमसम्बन्धी विषयमा सरोकारवालाहरुको सहमतिमा निती तथा कानुन बन्नुपर्ने त्यसको उलंघन गर्दै औद्योगिक व्यवसाय ऐन जारी गरेकाले त्यस विरुद्ध उत्रिने तयारी गरेको हो । मर्यादित कामका लागि विश्व दिवसको सन्र्दभमा आज राजधानीमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष विष्णु रिमालले अन्तर्राष्ट्रिय श्रम संगठन आई एल ओ महासन्धिको मर्म विरुद्ध श्रमिकको अधिकार कटौती गर्ने गरी ल्याईएको औद्योगिक ऐनविरुद्ध अन्तर्राष्ट्रिय श्रम संगठनको संगठन स्वतन्त्रता सम्बन्धी युनिटमा मुद्दा दायर गरिने चेतावनी दिनुभएको हो । उहाँले श्रमिकको अधिकारलाई कुण्ठित गर्ने गरी ऐन ल्याईएकाले सो ऐनमा लालमोहर लगाउने क्रममा पुर्नविचार गर्न राष्ट्रपतिलाई आग्रहसमेत गरिएको जानकारी दिनुभयो । महासंघले उद्योग ऐनमा व्यवस्था गरिएको नो वर्क नो पे र हायर एण्ड फायरको व्यवस्थाले मजदुरको काम र योगदानलाई जानी जानी निन्दा गरिएको भन्दै विरोध गर्दै आएको छ । ऐनका कतिपय दफाले स्पष्ट रुपमा मजदुरको अपमान र तेजोबध गर्ने काम भएकाले ती प्रावधान हटाउनुपर्ने माग मजदुर नेताले गर्दै आएका छन् । अध्यक्ष रिमालले अझै पनि श्रमिकको न्युनतम पारिश्रमिक लागू हुन नसकेको अवस्थामा व्यावसायिक लोभ र अतिरिक्त मुनाफा कमाउन खोज्ने उद्देश्यले उद्योग ऐन ल्याएकाले समस्या सिर्जना भएको बताउनुभयो । कार्यक्रममा ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले श्रमिकसँग प्रत्यक्ष सरोकाारित सामूहिक सुरक्षा ऐन र श्रम ऐनलाई छायामा पार्ने गरी उद्योग ऐन ल्याईएको दाबी गर्नुभयो । उहाँले उद्योग ऐनको दफा ४७ को उपदफा ६ र ७ श्रमजिवी वर्गको लागि पुर्ण रुपमा अमान्य भएको हटाउन माग गर्नुभयो । मर्यादित कामका लागि विश्व दिवसको यस बर्षको नारा व्यावसायिक लोभलाई अन्त गरौ रहेको छ । अक्टोबर ७ का दिन विश्वभर मर्यादित कामका लागि विश्व दिवस मनाउने गरिन्छ ।

Add comment


Security code
Refresh